नेविसंघद्वारा मौन जुलुस प्रदर्शन
काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पार्टीको कार्यालय सानेपामा मौन जुलुस प्रदर्शन गरेको छ ।
बिहीबार दिउँसो पार्टी कार्यालय पुगेका नेविसंघका विद्यार्थीहरुले विधानअनुसार नेतृत्व ल्याउनुपर्ने माग राख्दै मौन जुलुस प्रदर्शन गरेको हो ।
काठमाडौं जिल्ला सभापति मनोज बैद्यको नेतृत्वमा पुगेको नेविसंघले नेविसंघको विधान मिचिए आमरण अनशन बस्ने उनीहरुको चेतावनी दिएका थिए ।
‘नेतागण ३० सेकेण्ड यता हेर्न मिल्छ,‘ नेविसंघमा विधान मिचिए आमरण अनशन’ जस्ता विरोधका व्प्यानहरु बोकेका थिए ।
प्रकाशित मितिः२०७६ मंसिर २६ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
