बिहान खालि पेटमा खानै नहुने यी खाने कुरा

भक्तपुर न्यूज

२६ मंसिर २०७६ ९:३९

बिहान खालि पेटमा खानै नहुने यी खाने कुरा

काठमाडौं। धेरै जसोको बानी बिहान खालि पेटमा चिया अथवा अरु जे खाने कुरा पायो त्यहि खाने हुन्छ। झन् कसैको बानी त विहान बेडमै चिया पिउने हुन्छ जसले हाम्रो जीवनलाई दिनहुँ अस्वस्थ बनाइरहेका हुन्छन्। हामि सबैलाई थाहा नहुन पनि सक्छ कि कुनै खाना खाली पेटमा खादा विष सेवन गरे जस्तै हुन्छ । हाम्रो शरीरलाई त्यस्तो खाने कुराले नाजुक बनाइ दिन्छन्। यी खाने कुरा कहिले पनि खाली पेटमा खान हुँदैन ।

चिया र कफी: हामी बिहानको समयमा खाली पेटमा चिया र कफी पिउछौ । जुन स्वास्थ्यको लागि हानीकारक हुन सक्छ । यसले एसिडिटी पनि हुन्छ । कफीले हाइड्रोक्लोरिक एसिडको गतिलाई रोक्छ, जसले गर्दा ग्यास्ट्रकिको समस्या हुन्छ । यस्तै चियामा पनि उच्च मात्रामा अम्ल (एसिड) हुन्छ जसले तपाईको पाचन प्रक्रियालाई असर पुर्याउनुका साथै पेट दुख्ने समस्या उत्पन्न हुन सक्छन् ।

मसालेदार खाना : प्रायः जसोलाई स्पाईसी वा धेरै पिरो खानेकुरा मन पर्छ र बिहानै ब्रेकफास्टमा खान्छन् जुन कहिले पनि खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर जस्ता रोगलाई पनि निम्त्याउन सक्छ ।

सफ्ट ड्रिङ्स : विषेश गरी कोल्ड ड्रिन्क्स खाली पेटमा कहिले पिउनु हुँदैन । यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । जुन पेटको एसिडसँग मिसिँदा गम्भीर समस्याको कारण बन्न सक्छ । र पेटमा ग्यास भरिने तथा वान्ता हुने जस्ता समस्याले पनि सताउन सक्छ ।

अमिलो फल : अमिलो फल खाली पेटमा खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा आदि फल खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बन्छ ।

प्रकाशित मितिः२०७६ मंसिर २६ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *