माओवादी केन्द्रको बैठक आज बस्दै

भक्तपुर न्यूज

२४ कार्तिक २०७३ ५:११

माओवादी केन्द्रको बैठक आज बस्दै

काठमाडौं, २४ कार्तिक । पार्टीभित्र असन्तुष्टि बढेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बैठक बोलाएका छन् ।
आफ्ना सहयोगीबाट आफूले चाहेजस्तो सहयोग नपाएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले केन्द्रीय कार्यालयको बैठक बोलाएका हुन् ।
संगठन विभागका प्रमुख रामबहादुर थापासहित दाहाल निकटका नेताहरुको मौनता र अन्तर्राष्ट्रिय विभागका प्रमुख नारायणकाजी श्रेष्ठको विरोधपछि अप्ठ्यारोमा परेका दाहालले सरकार र पार्टीबीच बुझाइमा एकरुपता कायम गर्न बैठक बोलाएका हुन् । असन्तुष्ट नेताहरुले दाहाल एकल निर्णयबाट अघि बढेको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *