कांग्रेस सभापति देउवा आज स्वदेश फर्कँदै

भक्तपुर न्यूज

२४ कार्तिक २०७३ ५:०५

कांग्रेस सभापति देउवा आज स्वदेश फर्कँदै

काठमाडौं, २४ कार्तिक । इन्डिया फाउन्डेसनको निमन्त्रणामा भारत गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सभापति देउवा भारतीय जनता पार्टीको ‘थिंक ट्यांक’ संस्था इन्डिया फाउन्डेसनको गोवामा भएको कार्यक्रममा सहभागी हुन शुक्रबार त्यसतर्फ जानु भएको हो ।
साथै देउवाले त्यहाँ रहदाँ उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गर्नु भएको थियो । देउवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपालको समसामायिक राजनीति र संविधानमा असन्तुष्ट पक्षलाई समेट्न भइरहेको प्रयास लगायतका विषयमा कुराकानी भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ताका क्रममा असन्तुष्ट पक्ष मोर्चालाई पनि समेटेर संविधान कार्यान्वयन गर्न सुझाव दिनु भएको थियो । साथै देउवा जवाहरलाल नेहरु विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिद्वारा सम्मानित समेत हुनु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *