साग फुटबलमा नेपाललाई लगातार दोस्रो पटक स्वर्ण

भक्तपुर न्यूज

२४ मंसिर २०७६ ११:२३

साग फुटबलमा नेपाललाई लगातार दोस्रो पटक स्वर्ण

भक्तपुर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा घरेलु टोली नेपालले स्वर्ण पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा भुटानलाई २–१ ले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो । यो सँगै नेपालको स्वर्ण संख्या ५१ पुगेको छ ।

नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे । यस्तै भुटानका लागि कप्तान चेन्चो ग्याल्सेनले एक गोल गरे ।

खेलको १६ औं मिनेटमा अभिषेकले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भुटानका कप्तान ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै, ५२ औं मिनेटमा सुनिलले गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए ।

यससँगै नेपालले लगातार दोस्रो पटक साग फुटबलमा स्वर्ण पदक जितेको छ । जारी सागमा भुटानको यो पहिलो रजत हो । यसका साथै पुरुष फुटबलमा भुटानले रजत जितेको पनि पहिलो पटक हो ।

नेपालले सागको फुटबलमा चौथो स्वर्ण पदक जितेको हो । यसअघि नेपालले सन् १९८३, १९९३ र २०१६ को संस्करणमा पनि स्वर्ण जितेको थियो ।

प्रकाशित मितिः २०७६ मंसिर २४ मंगलवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय