उपचारका लागि परिवारले गरे सहयोगका लागि अपील

भक्तपुर न्यूज

२२ मंसिर २०७६ ६:१४

उपचारका लागि परिवारले गरे सहयोगका लागि अपील

मकवानपुर। दुवै मृगौला पिडित थाहा नगरपालिका बज्रबाराहीका सिमोन गोपालीको उपचारका लागि परिवारले सहयोगका लागि अपील गरेका छन् । थाहा नगरपालिका–१ कुञ्छालका राज गोपालीले भाईको उपचारको लागि सहयोगका लागि अपील गरेका हुन् ।

गोपालीको उपचारका लागि २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अस्पतालले जनाएको छ । तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैन ।

‘हामीले २० लाख उपचारमा खर्च गरिसक्यौं, सकेसम्म उपचार गरौं भन्ने सोच थियो तर अब उपचार खर्च जुटाउन नसक्ने भयौं’ सिमोनका दाजु राज गोपालीले भने, ‘त्यसैले सबैसँग सहयोग मागिरहेका छौं ।

परिवार र आफन्तजनबाट केहि रकम संकलन गरेता पनि उपचारमा खर्च नपुग्ने भए पछि हाल भाई सिमोनलाई घरमै डाईलाशीस गरि राखिएको उनका बुबा सिताराम गोपालीले बताए । ‘उपचारमा भर्ना बाहेक थप २० देखि २५ लाख रुपैयाँसम्म आवश्यक पर्ने हुनाले सो बराबरको रकम जम्मा गर्न अस्पतालले भनेको छ । तर त्यति धेरै पैसा जोहो गर्न सकिरहेका छैनौं ।’ उनले भने ।

७ जना सदस्य भएको गोपालीको परिवारको मुख्य आम्दानीको स्रोत कृषि मात्रै हो । गोपालीका बुवाले भने,‘१४ वर्षीय छोरा ५ बर्षदेखि बिरामी छ, यसरी थला परेपछि हातमुख जोड्ने जोहो गर्नु कि उपचार खर्च जुटाउनु भन्नेमा छौं ।’ छोराको उपचारको लागि कतैबाट सहयोग जुटाइदिन उनले आग्रह गरेका छन् ।

गोपालीको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ । गोपालीलाई सहयोग गर्न चाहनेले सिमोनका दाई राज गोपालीको मोबाइल नम्बर ९८६२७२९४५१ र बुबाको मोबाइल नम्बर ९८५५०७२११० मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मितिः २०७६ मंसिर २२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *