झापा। कन्काई नगरपालिका–७ बिरिङखोला पुलमा शनिबार राति दुई ओटा मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा कन्काई नगरपालिका–३ का २४ वर्षीय नितेश न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुई विपरित दिशाबाट जाँदै गरेका मे १० प २९५४ र मे ११ प २९२८ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा गम्भीर घाइते भएका २९२८ नम्बरको मोटरसाइकलका चालक न्यौपानेको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, २९५४ नम्बरको मोटरसाइकलमा सवार २ जनाको भने घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २२ आइतबार
Comments