दूधको चिया हानिकारक

भक्तपुर न्यूज

६ मंसिर २०७६ ५:१०

दूधको चिया हानिकारक

काठमाडौं । अधिकांश मानिसहरूलाई उठ्नेबित्तिकै, दिउँसो तथा अल्छी लागेको बेलामा चिया खाने बानी हुन्छ । विभिन्न प्रकारका चियाहरूमध्ये मानिसहरूले दिनमा २ देखि ३ पटकसम्म दूधको चिया पिउने गर्छन् ।

दैनिक पटकपटक दूधको चिया पिउने बानी बसिसकेको कारण समयमा चिया पिउन नपाउदा टाउको दुख्नेसमेत हुन सक्छ । चिया पिउनुका केही फाइदाहरू छन् । तर, खाली पेटमा, पटक–पटक पिउने र धेरै चिनी राखेर गुलियो बनाएर चिया पिउनाले स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ ।

चियामा धेरै मात्रामा कैफिन, फ्लेवनायड्स, टैनिन, फायटोकेमिकल्सहरू हुने हुँदा चियामा चिनी र दूधको मिश्रण गर्नु गलत हो । यी सबै तत्वले मिसिएर शरीरमा विषको जस्तो काम गर्ने गर्छ । खाली पेटमा दूधको चियाले शरीरको अल्छिपन हटाउनुभन्दा पनि थकान तथा एसिडिटी बढाएर ग्यास्ट्रिक र कब्जियत निम्त्याउँछ । यसले पेटको अल्सर पनि गराउन सक्छ । पटक–पटक चियाको सेवनले शरीरमा रगतको कमी गराइ एनेमिया हुन सक्छ । दूधको चिया पिउँदा शरीरको तौल बढ्न गइ मोटोपनाको समस्या सुरु हुन थाल्छ ।

चियामा भएको ओक्सलेट्सले मृगौलामा पथरी, प्रोस्टेट क्यान्सरसमेत हुन सक्ने एक अध्ययनले देखाएको छ । चियामा कोफिनको मात्रा धेरै हुने भएकोले मुटुको धड्कन बढ्ने, पसिना आउने, एङ्जाईटी र छटपटी बढाएर निन्द्रामा समेत असर गर्छ । धेरै पिउनाले निन्द्रा नलाग्ने समस्या उत्पन्न हुन थाल्छ ।

दिनमा ५ कपभन्दा बढी चिया पिउँदा शरीरको पानीलाई धेरैमात्रामा बाहिर निष्कासन गराउने हुँदा यूरिन लेबल बढ्न गइ मृगौलामा धेरै प्रेशर पार्छ । साथै, शरीरमा कोलेस्टेरोलको मात्रा बढाएर उक्त रक्तचापको समस्या बढाउने हुन्छ । चियाको सेवनले शरीरमा पानीको मात्रा पुग्दैन र शरीर सुख्खा भएर डिहाईड्रेशन, छाला चिलाउने, छाला सुख्खा हुने समेत हुन सक्छ ।

चियाले हड्डी कमजोर बनाएर हात खुट्टा कटकट खाने र दुख्ने जस्ता समस्या देखा पर्न थाल्छ । तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणा बढी हुने गर्छ ।

प्रकाशित मितिः २०७६ मंसिर ६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *