५० हजार घुस दिन खोज्ने सोममाया पक्राउ
काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५० हजार घुस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राईलाई मङ्गलबार राति पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीलाई घुस दिन खोजेपछि राईलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकी राईलाई आवश्यक कानूनी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको वृत्तले जनाएको छ ।
प्रकाशित मितिः २०७६ मंसिर ४ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००