उकालो लाग्यो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

३ मंसिर २०७६ ६:१९

उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन ४ सय र चाँदी १० रुपैयाँले बढेको हो । सोमबार ७१ हजार ६ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ४ सयले बढेर ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७६ मंसिर ३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय