निदान अस्पतालका सिइओ सहित ५ जना थुनामा
काठमाडौं । मिर्गौला तस्करी आरोपमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालत ललितपुरले जनाएको छ।
अदालतले काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा। राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका-९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाई थुनामा पठाएको हो।
उनीहरुलाई मानव बेचविखन तथा ओसारपसरा ऐन अन्तर्गत अनुसन्धान गरी कारबाही प्रक्रियाअघि बढाइएको हो।
प्रकाशित मितिः २०७६ कार्तिक २७ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
