मुनीरको ह्याट्रिकमा सेभिया नकआउट चरणमा
काठमाडौं । स्पेनिस क्लब सेभिया युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा लक्समबर्गको क्लब एफ ९१ डुडेलाङ्गेलाई ५-२ गोल अन्तरले पराजित गर्दै सेभिया अन्तिम ३२ मा पुगेको हो ।
सेभियाको जितमा मुनीर एल हाड्डडीले ह्याट्रिक गरे । यस्तै मुनास डाबुरले २ गोल गरे । एफ ९१ डुडेलाङ्गेका डानिल सिनानीले २ गोल फर्काए । जितसँगै समूह ए को सेभियाले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । ३ अंक जोडेको डुडेलाङ्गे पुछारमा रहेको छ ।
युरोपा लिग अन्तर्गत नै इटालियन क्लब रोमा जर्मनीको बोरुसिया मोन्चेनग्लाडवाचसँग २-१ ले पराजित भएको छ । स्पानियोलले राज्ग्राडलाई ६-० गोलको फराकिलो अन्तरले हराएको छ । बसेलले गेटाफेलाई २-१ ले नै हराएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक २२ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७