नक्सालाई नेपालले ठाडै अस्वीकार गर्नुपर्छ : रावल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले लिपुलेकसहितको नेपाली भूभाग भारतले हडपेर आफ्नो नक्सामा राखेको विषयमा नेपाल सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य समेत रहेका रावलले यस सम्बन्धमा छलफल गरेर धारणा बनाउन तत्काल सर्वदलीय बैठक बोलाउन माग गरे । नेता रावलले भने, ‘लिपुलेकलाई आफ्नो भागमा देखाउने गरी भारतले जारी गरेको नक्सालाई नेपालले ठाडै अस्वीकार गर्नुपर्छ ।’
आफ्नो पार्टी सत्तारुढ नेकपाको स्थायी कमिटिको बैठकमा पनि यसबारे छलफल गर्न नेता रावलले माग गरे । मुलुकको राष्ट्रिय स्वाधीनता, अस्मिता र भौगौलिक अखण्डताको विषयलाई हल्का रुपमा लिन नहुने उनको भनाई छ ।
प्रकाशित मितिः २०७६ कार्तिक २० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
