स्टामले प्रशिक्षक पदबाट राजीनामा दिए
काठमाडौं । डच क्लब फेएनुर्डका प्रशिक्षक जाप स्टामले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । लिगमा यस सिजन खराब प्रदर्शन भएपछि स्टामले राजीनामा दिएका हुन् । ४७ वर्षीय पूर्व डच डिफेन्डए स्टामले क्लब सम्हालेको सात महिनामै राजीनामा दिएका हुन् ।
फेएनुर्डले आइतबार मात्र आयाक्सको हातबाट ४-० को हार व्यहोरेको थियो । फेएनुर्डले पछिल्लो ११ लिग खेलमा मात्र ३ जित निकालेको छ । फेएनुर्ड लिगको १२ औं स्थानमा रहेको छ ।
म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर समेत रहेका स्टामले सन् २०१६ बाट रिडिङको प्रशिक्षक बन्दै प्रशिक्षण करियर थालेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक १२ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३