बस र कार एक आपसमा ठोक्किँदा भक्तपुरका ४ सहित ५ जना घाइते
धादिङ । धादिङको धुनिवेशी नगरपालिका–६ मा आज बिहान बस र कार एक आपसमा ठोक्किँदा कारमा सवार ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा कार चालक ललितपुर गोदावरीका रामशरण घिमिरे, कारमा सवार भक्तपुर चाँगुनारायणका सुमन थापा, रोशन खड्का, प्रविण खत्री र अशोक ढुंगाना रहेको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ८ ख ४६८० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ४ च १८२९ नम्बरको कार आज बिहान ७ बजे एक आपसमा ठोक्किएका थिए ।
घाइतेहरुको धार्के स्थित शिवदर्शन अस्पतालमा उपचार भैरहेको छ । घाइते भएका मध्ये ढुंगानाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । बस चालकलाई ईलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७६ असोज ३० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
