काठमाडौ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यान माथि लगाएको निलम्बन सशर्त फुकुवा गरेको छ ।
दुबईमा सोमबार सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । तर, शर्तका विषयमा भने प्रष्ट खुलाएको छैन ।
यस्तै, आइसिसीले जिम्बावेको निलम्बन पनि फुकुवा गरेको छ । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई २०१६ मा निलम्बन गरेको थियो ।
आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वको निर्वाचन गर्दै नयाँ कार्यसमिति चयन गरेपछि क्यान फुकुवा भएको हो ।काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो ।
प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार
Comments