काठमाडौं । साताको तेस्रो दिन आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ८ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।
छापावाला सुन आज प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी १५ रुपैयाँले घटेर प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
केही दिन यता सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ ।
प्रकाशित मितिः २०७६ असोज १४ मंगलबार
Comments