ओरालो लाग्यो सुनचाँदीको मूल्य
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार बजारमा सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । छापावाला सुन आज प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज १० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
