काठमाडौं । दक्षिणकाली नगरपालिकाले संविधान दिवसलाई भव्यरुपमा मनाएको छ । नगरपालिकाले बिहवार र शुक्रवार घर घरमा दिपावाली गरेको र यो क्रम शनिवार समेत चल्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिका क्षेत्रका सबै घर घरमा राष्ट्रिय झण्डा फराइएको, नगरपालिका क्षेत्र सरफाई र स्थानीय झाँकी सहित प्रभातफेरी कार्यक्रम गरिएको नगरपालिकाका प्रमुख मोहन बस्नेतले जानकारी दिए ।
उनका अनुसार पहिलो दिन शुक्रवार नगर प्रमुखको संयोजकत्वमा जनप्रतिनिधि र कर्मचारीले बजार, चोक, वडा कार्यालय, मन्दिर गुम्बा, पर्यटकीय स्थलमा सरसफाइ कार्यक्रम गरिएको छ । संविधानका दिवसका बारेमा माइकिङ गरी जनचेतना जागरित गरिएको र कार्यक्रममा हजारौं सर्वसाधारण स्वतस्फुर्त रुपमा सहभागि भएका थिए ।
कार्यक्रममा सांसद राजेन्द्रकुमार केसी सहभागिता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानेले जानकारी दिए ।
सांसद केसीले नेपालीको अमूल्य योगदानबाट संविधान जारी भएकाले संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्वयन गर्न स्थानीय तहका जनप्रतिनिधि कर्मचारी, बुद्धिजिवी लगायत सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । नगर प्रमुख बस्नेतले संविधानको मर्म अनुसार तिनै तहको सरकार गठन भएको बताए । त्यस्तै नगरपालिकाले शनिवार नगरपालिका क्षेत्रमा बृक्षारोपण गर्ने तयारी गरेको छ ।
प्रकाशित मितिः २०७६ असोज ३ शुक्रबार
Comments