कमलबजार नगरपालिकामा बम विस्फोट
अछाम । नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । aराति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ ।
नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उहाँको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै बम विस्फोट भए पछि कर्मचारी त्रसित बनेका छन् ।
प्रकाशित मितिः २०७६ असोज ३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७