मौसममा बिहीबार दिउँसोदेखि सुधार
काठमाडौं । लगातार केही दिनदेखि वर्षा भइरहेको मौसममा बिहीबार दिउँसोदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मध्यान्नसम्म मुलुकका अधिकांश स्थानको मौसम बदली भएर केही स्थानमा वर्षा भए पनि दिउँसोपछि क्रमशः सुधार हुने मौसमविदले बताएका छन् ।
मौसाविदका अनुसार सुदूरपश्चिम क्षेत्र बाहेक अरु ठाउँमा आज पनि बिहानीपखको मौसम बदली भएर पानी परिरहेको छ । यो क्रम मध्यान्नसम्म जारी रहने र त्यसपछि मौसममा सुधार हुने छ । शुक्रबारदेखि मौसम पूर्ण रुपमा सुधार हुने समेत जनाइएको छ ।
प्रकाशित मितिः २०७६ असोज २ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
