काठमाडौं । आज सुनको मूल्यमा स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबारकै मूल्यमा बुधबार पनि बजारमा सुन कारोबार भईरहेको छ । चाँदी भने आज ५ रुपैयाँले बढेको हो ।
छापावाला सुन आज पनि स्थिर रहँदै प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमै कारोबार भइरहेको छ । चाँदी भने आज प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज १ बुधबार
Comments