भट्टी पसलेले प्रहरीलाई घुस दिन खोजेपछि भक्तपुरबाट पक्राउ
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित एक भट्टी पसलेलेले प्रहरीलाई घुस दिन खोपेछि पक्राउ परेका छन् ।
गोपालको भट्टी पसल राति अबेरसम्म संचालन गरेको भन्दै महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले पसल बन्द गराउन खोज्दा घुस दिनखोजेपछि भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका-२ का २६ वर्षीय गोपाल थापा मगर पक्राउ परेका हुन् ।
उनले पसल बन्द नगराउन आग्रह गर्दै १ हजार रुपैयाँ दिन खोजेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मितिः २०७६ भदौ ३० सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३