मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौँ । देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।
आइतबार दिनभर देशभरि आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा मध्याहन्नपछि मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभरि सामान्य बदली हुने जनाइएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रकाशित मितिः २०७६ भदौ २२ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
