एट्लेटिको मड्रिडको संघर्षपुर्ण जित

भक्तपुर न्यूज

९ भदौ २०७६ ४:१४

एट्लेटिको मड्रिडको संघर्षपुर्ण जित

काठमाडौँ । एट्लेटिको मड्रिडले स्पेनिस लिगमा संघर्षपुर्ण जित हासिल गरेको छ । आईतबार राति भएको खेलमा एट्लेटिकोले लेगानेसलाई १–० गोल अन्तरले हराएको हो ।

वैकल्पिक खेलाडी भिटोलोले गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण तीन अक दिलाए । अल्भारो मोराटाले पहिलो हाफमा दुई सुन्दर गोलका अवसर गुमाएपछि पाहुना टोली दबाबमा देखिएको थियो ।

यसैसिजन कीर्तिमानी मुल्यमा एट्लेटिको आएका जोआओ फिलिक्सले गोलको अवसर सिर्जना गरेका थिए । खेलको ७१ औ मिनेटमा उनले गोलको अवसर सिर्जना गरेपछि एट्लेटिको १–० ले अघि बढेको थियो । जितपछि दोस्रो स्थानको एट्लेटिकोले २ खेलबाट ६ अंक जोडेको छ । दुवै खेलमा पराजित लेगानेस तालिकाको पुछारदेखि दोस्रोमा छ । एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ ९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय