श्रीलंकामा चार महिनापछि हट्यो स‌ंकटकाल

भक्तपुर न्यूज

७ भदौ २०७६ ६:२८

श्रीलंकामा  चार महिनापछि  हट्यो स‌ंकटकाल

काठमाडौं । श्रीलंकामा गत अप्रिल २१ पछि लगाइएको संकटकाल चार महिनापछि हटाइएको छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशमा गत अप्रिल २१ पछि लगाइएको संकटकाल अन्त्य भएको श्रीलंकाका सञ्चारमाध्यमहरुले रक्षा मन्त्री जनरल सान्था कोटेगोडालाई उद्धृत गरी उल्लेख गरेका छन् ।

अप्रिल २१ तारिखका दिन भएको आतंकवादी हमलामा परी २५० भन्दा बढीको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । घटनापछि श्रीलंकामा संकटकाल लागू गरिएको थियो ।

यसअघि अप्रिल २२ देखि हरेक महिनाको २२ तारिखका दिन संकटकालको म्याद थप्दै आएका राष्ट्रपति सिरिसेनाले यस पटक भने म्याद नथपेको सैन्य अधिकारीहरुले शुक्रबार जनाएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ ७ शनिवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय