हेभी मेकअपका कारण हुने स्वास्थ्य समस्याहरू

भक्तपुर न्यूज

६ भदौ २०७६ ८:०६

हेभी मेकअपका कारण हुने स्वास्थ्य समस्याहरू

काठमाडौं । सबैलाई सुन्दर र आकर्षण बन्ने इच्छा त अवश्य हुन्छ । आजकल कतै जानुअघि महिला होस् वा पुरुष सबैजना मेकअप गरेर जाने गरेको देखिन्छ । राम्रो बन्नलाई नै गरिने मेकअपले सौन्दर्य बिगार्छ भन्नेकुरा धेरैलाई थाहा नहुन सक्छ ।

राम्री देखिनुका साथै हाम्रो अनुहारको छालामा घाम, धूलो, धूवाँ तथा अरु विभिन्न किसिमको संक्रमण नहोस् भनेर नै धेरैजसोले मेकअपको प्रयोग गरिरहेका हुन्छन् । तर, छालासम्बन्धी विभिन्न रोगहरूका विशेषज्ञ र विज्ञानका प्राध्यापकहरूका अनुसार मेकअपमा प्रयोग गरिने सामान तथा मेकअप प्रयोग गर्न नजानेमा हुने रासायनिक तत्त्वले छालालाई बिगार्ने मात्रै नभएर क्यान्सरसम्मको प्राण घातक रोगसमेत निम्त्याउन सक्छ ।

छाला रोग विशेषज्ञ डा. ललन खतिवडाले धेरै सौन्दर्यको सामग्रीहरुको प्रयोग गर्नेहरूको छाला छिटो खराब हुने गरेको बताएका छन् । अनुहारमा लगाउने कुनै पनि उत्पादन जस्तै फेसवास, क्लिनर, टोनर, क्रिम इत्यादी विभिन्न मेकअपको सामग्रीहरुमा आपिने पाराबेन्स कम्पाउन्डले महिलामा छातीको क्यान्सरसमेत हुने जोखिम बढाएको देखिएको छ । साथै चिकित्सकहरूका अनुसार लिपस्टिकमा हुने लिड कम्पाउन्डको अधिक प्रयोगले रक्तचाप बढाउनुका साथै दिमाग र कलेजोमा समेत नकारात्मक असर पारिरहेको हुन्छ ।

सौन्दर्य सामग्रीमा पाइने रसायनल थ्यालेट्सले इन्डोक्राइन हार्मोनलाई नाश गरी छालालाई छिट्टै मृत बनाउने, चिडचिडाहट बढाउने, श्वासप्रश्वासमा सिधै असर गर्ने हुनाले दम रोग निम्तिन सक्ने हुन सक्छ । मेकअपका धेरैजसो सबै सामानमा प्रयोग हुने अल्कोहलले छालाको प्राकृतिक रङलाई हटाएर विभिन्न एलर्जी पैदा गराउँछ । अल्कोहलले छालालाई प्राकृतिक सुरक्षा प्रदान गर्ने तत्त्वलाई पनि विस्तारै हटाउने रसायन शास्त्रका प्राध्यापक अक्कल देव मिश्रले बताएका छन् ।

बढी केमिकल, अल्कोहल र सुगन्ध भएको प्रोडक्टले छालालाई छिट्टै असर गर्छ र यसको असर केही वर्ष भित्रनै देखिन थाल्छ । कस्मेटिकमा हुने रसायन छालामा र्पयो भने क्यान्सरसमेत हुन सक्ने र यसको अत्यधिक प्रयोगले ‘छालामा एलर्जी र सुक्खापन निम्त्याउनुका साथै रसायनले वातावरलाई समेत प्रदूषित गर्दछ । दैनिक हेभी मेकअपको प्रयोगले छालाको रौँ छिद्रहरु बन्द हुन गइ अनुहारमा दाग, कालो पोतो, चाया तथा विभिन्न किसिमको असर देखिन थाल्छ ।

दैनिक मेकअप गर्ने बानी छ भने सुत्नुअघि राम्रोसँग मुख धुन निकै आवश्यक हुन्छ । मेकअपका सामग्री किन्दा अनुहारमा सुट गर्ने, गुणस्तर भएको राम्रो सामानहरु किनेर प्रयोग गर्नुका साथै उक्त सामानहरु कसरी प्रयोग गर्दा राम्रो हुने ज्ञानसमेत हासिल गर्न जरुरि देखिन्छ र समय समयमा चिकित्सकको सलाह सुझावसमेत लिने गर्नु पर्छ ।

प्रकाशित मितिः २०७६ भदौ ६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *