राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले दिए सामूहिक राजीनामा
काठमाडौं ।दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले चरम मानसिक पीडा खेप्नु परेको भन्दै सामूहिक राजीनामा दिएका छन्।
उनीहरुले आफूहरुमाथि विभिन्न बाहनामा पटकपटक स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने जस्ता धम्की दिएको तथा मनोबल खस्काउने काम उपकुलपतिले गरेकाले बाध्य भएर राजीनामा दिएको बताएका छन्। उपकुलपतिकै कारण शारीरिक र मानसिक रुपमा विक्षिप्त भई काम गर्न नसक्ने अवस्था आएकाले राजीनामा दिनु परेको उल्लेख गरेका छन्।
यस विषयबारे उपकुलपति प्राडा संगीता भण्डारीलाई पटकपटक जानकारी गराएको र काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा समेत बेवास्ता भएको उनीहरुको आरोप छ। उनीहरुले उपकुलपतिलाई नै सम्बोधन गरेर सामूहिक राजीनामा दिएका छन्।
प्रकाशित मितिः २०७६ भदौ ६ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००