अनार खानुका फाइदा

भक्तपुर न्यूज

५ भदौ २०७६ ७:५७

अनार खानुका फाइदा

काठमाडमौँ । अनार एक फाइदाजनक फल हो । यसका अनेक फाइदाहरू छन् । यसमा फाइबर, प्रोटिन, भिटामिन ‘सी’, भिटामिन ‘के’, फोलेट र पोटासियम रहेका कारण पनि अनार खानु हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक छ ।

यसमा भएका विभिन्न पौष्टिक तत्त्वहरूका कारण यसले विभिन्न रोगको जोखिमलाई कम गर्दछ । अनारले मुटु रोग, यौन समस्या, क्यान्सर जस्ता रोगका लागि समेत राम्रो मानिन्छ । कलेजोको रक्षा मात्रा नभएर मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा अनारको जुस फाइदाजकन मानिन्छ ।

गर्भवती महिलालाई पनि यसले फाइदा गर्छ । अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्दत गर्छ । यसैगरी, अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ ।

यसबाहेक, अनारको सेवनले झाडापखला निको पार्ने, कपालको रक्षा गर्ने, रक्त अल्पताबाट जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने, धमनीको रक्षा गर्ने, कोलेस्ट्रोल घटाउने, उच्च रक्तचाप नियन्त्रण गर्ने कार्य गर्छ । यद्यपि, स्वस्थ रहन अनार खानुको साथै शारीरिक व्यायाम नियमित गर्नुपर्छ ।

प्रकाशित मितिः २०७६ भदौ ५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *