सडक भत्केर हिलाम्मे भएपछि दशैंमा घर जाने र फर्कने यात्रुले दुःख पाए
कावासोती, २६ असोज । नवलपरासीको दलदले बुलिङटार सडकखण्ड भत्केर हिलाम्मे भएपछि सयौँ यात्रुले दशैंमा दुःख पाएका छन् ।
दशैंमा घर जाने र फर्कने यात्रुले खुर्सानी खोलामा सडक भत्केर हिलाम्मे भएपछि यात्रुहरूले सास्ती बेहुर्नुपरेको हो
दलदलेबाट बुलिङटारसम्म पुग्दा एक दर्जनभन्दा बढी ठाउँमा यात्रु ओराल्दै सवारी साधन गुड्ने गरेका छन् । दैनिक ६० वटा जीप चल्ने पहाडी भेगमा खुर्सानी खोला, कमलीकोटमा सडक बिग्रदा सास्ती पाएको लेकवेशी यातायात व्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले बताउनुभयो ।
दशैंका मुखमा सडक मर्मत गरिए पनि अविरल वर्षा भएपछि सडकको माटो बगाएर लैजाँदा धेरै सडकखण्ड कुलो जस्तो बनेको छ ।
दलदलेदेखि बुलिङटारसम्मको ४० किलोमिटर सडकमा यात्रा गर्न अहिले छ÷सात घण्टा लाग्ने गरेको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२६ जेठ २०८२ ७:४१
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३