चन्द्रयान-२ ले पहिलो पटक पठायो पृथ्वीको सुन्दर तस्बिर

भक्तपुर न्यूज

२९ साउन २०७६ १०:०४

चन्द्रयान-२ ले पहिलो पटक पठायो पृथ्वीको सुन्दर तस्बिर

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले पठाएको चन्द्रयान-२ ले पहिलो पटक पृथ्वीको तस्बिर पठाएको छ। उक्त तस्बिर को रहेको बुझाइएको छ। यसलाइ चन्द्रयान-२ले फरक तरिकाले पठाएको इसरोका वैज्ञानिकहरुले बताएको बीबीसीले उल्लख गरेको छ।

यो तस्बिरलाइ इसरोले आफ्नो ट्वीटरमा भनेको छ, ‘चन्द्रयान-२ मा विक्रम ल्‍याण्डरबाट तस्बिर लिइएको छ। पृथ्वीको एकदमै सुन्दर तस्बिरको पहिलो सेट।’

चन्द्रयान-२को यो तस्बिर 3 अगस्ट सन् २०१९को साँझ ५ बजेर २८ मिनेटमा खिचिएको थियो।

चन्द्रयान-२ लाइ सतीश धवन अन्तरिक्ष केन्द्रबाट दिउँसो २ बजेर ४३ मिनेटमा प्रक्षेपण गरिएको थियो। यसलाइ बाहुबलीको नामले समेत चिनिने जीएसएलबी एमके ३ रकेटको मद्दतबाट चन्द्रमामा पठाइएको थियो।

भारतको चन्द्रमामा जाने यो दोस्रो मिशन हो। भारतले चन्द्रमामा आफ्नो यो मिशन त्यतिबेला पठाएको थियो जतिबेला एपोलो ११को ५०औ वर्षगाठ मनाइरहेको थियो।

यो चन्द्रयान २ले चन्द्रमाको अपरिचित दक्षिणी ध्रुवमा सेप्टेम्बरको पहिलो हप्ता ल्‍याण्ड गर्ने बताइएको छ। वैज्ञानिकहरुका अनुसार यो साइटबाट चन्द्रमामा पुग्न निक्‍कै जटिल हुनेछ। किनकी उनीहरुले यहाँ पानी र जीवाश्‍मा फेला पर्ने सक्‍ने अनुमान गरेका छन्।

चन्द्रयान-२ मा तीन चरण रहेको छ। पहिलो अर्बिट जुन चन्द्रमाको कक्षमा चक्कर लगाउनेछ। दोस्रो ल्‍याण्डर जसलाइ विक्रम नाइ दिइएको छ, यो चन्द्रमाको सतहमा उत्रिनेछ।

ल्याण्डर यसपछि रोबर निकाल्‍नेछ जसलाइ प्रज्ञान नाम दिइएको छ। यसले जानकारीहरु एकिकृत गर्नेछ। भारतको पहिलो मार्स स्याटालाइटको लागत स्पेश विज्ञान माथि बनेको फिल्म ग्राभेटीभन्दा नि कम थियो। चन्द्रयान २को लागत भने १४.४ करोड डलर रहेको छ जुन अमेरिकाको एपोलो कार्यक्रमको लागत २५ अर्ब डलरभन्दा कम हो।

यसअघि भारतले पहिलो पटक चन्द्रयान-१ लाई सन् द्दण्ण्डमा प्रक्षेपण गरेको थियो।यसले पनि चन्द्रमामाथि पानीकै खोजीमा निक्लिएको थियो। सन् १९६० को दशमा अन्तरिक्ष कार्यक्रम सुरु गरेको थियो भने अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एजेण्डामा सेट गरिएको थियो।पृथ्वीबाट चन्द्रमा औसत 3 लाख ८४ हजार किलोमिटरको दूरीमा रहेको छ।

प्रकाशित मितिः २०७६ साउन २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *