भक्तपुर जिल्ला लिग फुटबलको उपाधि सिद्धि गणेशको कब्जामा

भक्तपुर न्यूज

२६ साउन २०७६ ३:५१

भक्तपुर जिल्ला लिग फुटबलको उपाधि सिद्धि गणेशको कब्जामा

भक्तपुर । भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि सिद्धि गणेश खेलकुद समितिले जितेको छ । शनिबार बिहान महेश्वरी खेल मैदानमा भएको फाइनल खेलमा सिद्धि गणेशले भक्तपुर डिलाईट फुटबल क्लबलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।

सिद्धि गणेशका लागि प्रदिप क्षेत्रीले दुई तथा सुसान श्रेष्ठले एक गोल गरे । प्रतियोगितामा विजेता, उपविजेता खेलाडीहरुलाई सांसद प्रेम सुवालले प्रमाणपत्र, मेडल र शिल्ड वितरण गरेका थिए ।

प्रकाशित मितिः २०७६ साउन २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय