भेंडाच्याङ्ग्रा महँगो
भक्तपुर, १८ असोज । दसँैका लागि मुस्ताङबाट ल्याइएका भेंडाच्याङ्ग्रा नेपाल खाद्य संस्थानको भन्दा महँगोमा बिक्री हुन थालेको छ ।
यस वर्ष यहाँ ल्याइपु¥याइएको च्याङ्ग्रा प्रतिकिलो रु ७०० र भेंडा प्रतिकिलो रु ५५० देखि रु६०० सम्ममा बिक्री भइरहेको छ । खाद्य संस्थानले च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ६५० निर्धारण गरेको छ ।
मुस्ताङमै भेंडाच्याङ्ग्रा महँगो भएकाले यस वर्ष मूल्य बढेको व्यापारी श्यामभक्त श्रेष्ठले बताउनुभयो । मुस्ताङमा च्याङ्ग्राको मूल्य रु १८ हजार तिर्नुपरेको उहाँको भनाइ छ । जिल्लामा आजसम्ममा दुई हजार भेंडाच्याङ्ग्रा ल्याइएको छ । गत वर्ष च्याङ्ग्रा प्रतिकिलो रु ६५० मा तथा भेंडा रु ६०० मा बिक्री गरिएको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७