तनहुँको बन्दीपुरमा बस दुर्घटनाः १९ घाइते, २ को अवस्था गम्भीर

भक्तपुर न्यूज

१९ साउन २०७६ ७:०८

तनहुँको बन्दीपुरमा बस दुर्घटनाः १९ घाइते, २ को अवस्था गम्भीर

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका-५ ढाँपमा बस दुर्घटना भएको छ । चितवनबाट बाग्लुङ जाँदै गरेको बा४ख ५९८८ नम्बरको बस आइतबार बिहान दुर्घटना भएको हो ।

अनियन्त्रित भएर सडकबाट तल खसेको उक्त बसमा रहेका १९ यात्रु घाइते भएको र जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको पोखरा र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मितिः २०७६ साउन १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय