चीनको केरुङबाट आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढीमा रोकिए
१७ असोज, काठमाडौं । दसैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएका छन्।
स्थानीयका अनुसार कन्टेनर साँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि समस्या भएको छ।
सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर रसुवागढी नाकामात्र सञ्चालनमा छ। स्याफ्रुबेसी -रसुवागढी सडकको बीचमा पर्ने टिमुरेमा १५ दिनदेखि तीन सय कन्टेनर थन्किएका छन्।भन्सारमा कर्मचारीको अभावमा दैनिक २०/२५ वटा कन्टेनरको सामानमात्र जाँच हुँदा समस्या भएको छ। समयमा नै भन्सार जाँच हुन नसक्दा लामो समयदेखि सयौं गाडी पालो कुरेर बसिरेहका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१७ असार २०८२ १२:०१