‘लभ डायरिज’को गीतमा ‘सुन्यौ कि सुनेनौ’ भन्दै सुशील र रुविना (भिडियोसहित)

भक्तपुर न्यूज

१४ साउन २०७६ ८:५५

‘लभ डायरिज’को गीतमा ‘सुन्यौ कि सुनेनौ’ भन्दै सुशील र रुविना (भिडियोसहित)

काठमाडौँ । फिल्म ‘लभ डायरिज’ मा समावेश गरिएकोगीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘सुन्यौ कि सुनेनौ’ बोल रहेको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वरमा अर्जुन पोखरेलले संगीत भरेका छन् । रोमान्टिक शैलीमा रहेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ र नव अभिनेत्री रुविना थापालाई देख्न सकिन्छ ।

बिक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सञ्जय लामाले छायाँकन गरेका हुन् । सौरभ चौधरीको निर्देशनमा तयार गरिएको यस चलचित्रमा शुशील र रुविनाका अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सहनिर्माण रहेको छ ।

सञ्जय लामाले छायांकन गरेको फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन,अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘युवा–युवतीबीचको माया–प्रेम र कमेडीमा आधारित भएको फिल्ममा सुशीलले एक विदेशमा बसेर मोजमस्ति मात्र गर्ने केटाको भूमिका निर्वाहा गरेका छन् । सुशीलले फिल्ममा फरक अवतर देखाउनका लागि दाह्री र कपाल पालेका छन् ।

फिल्मको नामको अर्थ बुझाउँदै, ‘प्रेममा रहँदा बिताएको एउटा अविस्मरणीय पललाई शब्दमा उतारिएको डायरीलाई लभ डायरीज भनिन्छ र फिल्मलाई राम्रो बनाउन आफूले कुनै पनि कसर बाँकी नराखेको फिल्मका निर्देशक चौधरीले बताएका छन् । फिल्म मनोरञ्जनात्मक मात्र नभएर एकदम सन्देशमुलक पनि रहेको कारण फिल्मबाट आफु निकै आशाबादी रहेको थपे ।

फिल्म असोज ३ मा रिलिज हुने भएको छ । यो मितिमा हिट फिल्म ’कबड्डी’ को तेस्रो सिरिज पनि प्रदर्शनमा आउने भएको छ । ’कबड्डी’ संग भिड्ने डरका कारण फिल्मको प्रदर्शन मिति सर्ने चर्चा भएपनि निर्देशक चौधरीले दशवटा फिल्म भिड्न आए पनि फिल्मको प्रदर्शन मितिलाई नसार्ने निर्णय गरेको बताएका छन् ।

प्रकाशित मितिः २०७६ साउन १४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय