छोटो दूरीका मिसाइल समुद्रमा लक्षित गरी प्रहार

भक्तपुर न्यूज

९ साउन २०७६ २:५६

छोटो दूरीका मिसाइल समुद्रमा लक्षित गरी प्रहार

काठमाडौं । उत्तर कोरियाले दुईवटा मिसाइल समुद्रमा प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियालो बिहीबार बिहानै दुईवटा छोटो दूरीका मिसाइल समुद्रमा लक्षित गरी प्रहार गरेको दक्षिण कोरिायको सेनाले जनाएको हो ।

उत्तर कोरियाले पछिल्लो दुई महिना यता गरेको यो पहिलो प्रक्षेपण हो । उत्तर कोरिया र अमेरिकाबिच परमाणु वार्ता पुनः स्थापित गर्ने प्रयास भइरहेका बेला प्रोजेक्टाइल प्रहार भएको हो ।

उत्तर कोरियाले आफ्नो पूर्वी तटीय बजार वानसनबाट प्रहार गरेका मिसाइलले ४३० किलोमिटर दूरी तय गरेको दक्षिण कोरिायका सैन्य प्रमुखलाई उद्धृत गर्दै टाइमले जनाएको छ ।

कूटनीतिक सम्बन्ध सुमधुर बनाउनका लागि भइरहेको वार्ता असफल भएमा के हुन्छ भन्ने अमेरिकालाई उत्तर कोरियाले देखाउन चाहेको केही अनुगमनकर्ताले बताएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ साउन ९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय