चितवन । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा सोमबार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३० वर्षीय विशेष थापा रहेको प्रहरीले जनाएको छ ।
ना ४२ प ४९२९ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ५० वर्षीय ओम प्रसाद भुसाललाई ठक्कर दिएर भाग्दै गर्दा मोटरसाइकल पल्टिएको थियो । मोटरसाइकल पल्टिँदा घाइते भएका थापाको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको
प्रकाशित मितिः २०७६ साउन ७ मंगलबार
Comments