इन्द्रजात्राको लिंगो ढल्दा २ जना घाइते
अंगद ढकाल
२८ भदौ, काठमाडौं । इन्द्रजात्राको लिंगो उठाउने क्रममा लिंगो असन्तुलन भइ ढल्दा दुई जना घाइते भएका छन् । आजबाट सुरु भएको परम्परागत इन्द्रजात्राको अवसरमा हनुमानढोकामा रहेको लिंगो उठाउँदा लिंगो असन्तुलन भइ ढलेको थियो । हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ ।
घाइतेहरुलाई सामान्य चोट लागेको छ । दुवैलाई उपचारको लागि अस्पताल लगिएको छ । लिंगो उठाउन लाग्दा विपरित दिशासमा लिंगो ढल्दा लिंगोले लागेर २ जना घाइते भएका हुन् ।
मंगलबार बिहान ९ बजेर ३ मिनेटमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको ३२ हाते लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ ।
इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३२
एक नेपालीसहित २८ जनाको निर्मम हत्या
११ वैशाख २०८२ १५:२०