काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक बस्नुअघि पूर्व माओवादी नेताहरुको बैठक प्रचण्ड निवास खुमलटारमा अहिले बसिरहेको छ ।
एकता प्रक्रियाको काम टुंगो लगाउने विषयमा छलफल गर्न बिहान ७ बजेदेखि प्रचण्ड निवासमा पूर्व माओवादी नेताहरूको बैठक जारी रहेको एक नेताले जानकारी दिए ।
आइतबार दिउँसो पार्टीको सचिवालय बैठक बोलाइएको छ । पूर्व माओवादीले पाएको विभिन्न विभागका लागि नाम टुंगो लगाउन खुमलटारमा बैठक बसेको ती नेताले बताए ।
३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति यसअघि नै भइसकेको छ ।
प्रकाशित मितिः २०७६ साउन ५ आइतबार
Comments