काठमाडौँ। भारतका क्रिकेट लिजेण्ड सचिन तेन्दुलकर ‘आईसीसी हल अफ फेम’ बाट सम्मानित भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहिबार पूर्व ब्याट्सम्यान सचिनलाई ‘आईसीसी हल अफ फेम’बाट सम्मान गरेको हो । इंग्ल्याण्डको लण्डनमा बिहिबार एक कार्यक्रमकाबीच सचिनलाई हल अफ फेमबाट सम्मान गरिएको थियो ।
‘आईसीसी हल अफ फेम’ सम्मान पाउने सचिन भारतका छैटौं खेलाडी हुन् । हल अफ फेमबाट सम्मानित भएपछि सचिनले यस क्षण अविश्वसनीय र सम्मान पाउने भाग्यशाली बन्दा निकै खुशी लागेको बताए ।
विश्व क्रिकेटमा सचिन कीर्तिमानी खेलाडी हुन् । सन् २०१३ बाट सन्यास लिएका सचिनले टेष्ट क्रिकेटमा १५ हजार ९२१ रन बनाएका छन् । उनले एकदिवसीयमा १८ हजार ४२६ रन जोडेका छन् ।
टेष्ट र एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान सचिनको नाममा रहेको छ । उनले आफ्नो खेल जीवनमा १०० बढी शतक बनाएका छन् ।
सचिनसँगै दक्षिण अफ्रीकाका पूर्व क्रिकेटर एलन डोनाल्ड पनि ‘आईसीसी हल अफ फेम’ बाट सम्मानित भएका छन् । ५२ बर्षे बलर डोनाल्डले दक्षिण अफ्रीकाबाट ३३० टेष्ट र २७२ एकदिवसीय विकेट लिएका थिए ।
यस्तै अष्ट्रेलिया महिला क्रिकेट टिमकी पूर्व खेलाडी क्याथरिन फिट्जप्याट्रिक पनि ‘आईसीसी हल अफ फेम’ बाट सम्मानित भएकी छिन् । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार
Comments