त्रिविका पूर्व कर्मचारीले ६ तल्लामाथिबाट हाम फालेः घटनास्थलमै मृत्यु

भक्तपुर न्यूज

३ साउन २०७६ ५:०६

त्रिविका पूर्व कर्मचारीले ६ तल्लामाथिबाट हाम फालेः घटनास्थलमै मृत्यु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हामफालेका छन् ।

कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका उनले बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राधा भवनबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको हो ।

भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरी आशंका छ । पाण्डेको मृत्युको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक–पटक हेरफेर गरेको आरोपमा उनीसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय