दशैंमा घर जानेका लागि असोज १ गते देखि अग्रिम टिकट बुकिङ खुल्ने, बढी भाडा लिनेलार्इ कडा कारवाही
काठमाडौं । दशैका लागि बसको अग्रिम टिकट असोज १ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्थापन विभागका अनुसार राजधानीका विभिन्न १२ वटा स्थानबाट टिकट बुकिङ गरिनेछ।यातायात व्यवस्थापन विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले असोज १ गतेदेखि अग्रिम बुकिङ खोल्ने लगभग सहमति भइसकेको बताए ।
हामी अन्तिम चरणको छलफल गर्दैछौ । अहिलेसम्म व्यवसायीहरु असोज १ गतेदेखि अग्रिम बुकिङ खोल्न तयार छन्, उनले बिजमाण्डूसँग भने ।
गत मंगलबार सवारीसाधन, मजदुर र यात्रुको सुरक्षाका विषयमा विभागमा यातायात मन्त्रालयमा मन्त्रीको संयोजकत्वमा गृहमन्त्रालय, ट्राफिक प्रहरी, प्रहरी महानिरीक्षक सम्मिलित बैठकबाट असोजको पहिलो सातानै बुकिङ खोल्नुपर्ने निष्कर्षमा पुगेको उनले बताए ।
बैठकमा सुरक्षाका लागि विभिन्न स्थानमा प्रहरी तैनाथ गर्ने र कालोबजारी नियन्त्रण गर्न विभागका प्रतिनिधि सहित टोली परिचालन गरी अनुगमन गर्ने निर्णय गरेको उनले जानकारी दिए। उनले भने, ‘ कानुन विपरित जानेलाई कडा कारबाही गरिनेछ । कालोबजारी निरुत्साहित पार्न अनुगमनका लागि विभाग र प्रहरीको संयुक्त टोली पठाइने छ।’
उपत्यकाका १२ वटा स्थान र तराई तथा पहाडी भेगका १० वटा स्थानमा अग्रिम बुकिङका लागि टिकट काउण्टरको व्यवस्था गरिने श्रेष्ठले जानकारी दिए । कुन कुन स्थानमा काउण्टर राख्ने भन्ने विषयमा व्यवसायीसँग छलफल गरेर तय गर्ने उनले जानकारी दिए।
दसैंमा उपत्यकाका ७० प्रतिशत मानिसहरु बाहिरिने गरेका छन् । फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुबाहक बस काठमाडौं बाहिरिने गरेको श्रेष्ठले जानकारी दिए।
असोज १ गते देखि बुकिङको खुलाउने विषयमा भदौ १९ गते यातायात व्यवसायीसँग बैठक बोलाएको श्रेष्ठले जानकारी दिए। उनले भने ,’१९ गते व्यवसायीहरु सँग अन्तिम बैठक बस्दै छौं, उनीहरुसँग छलफल गरी असोज १ गते अग्रिम टिकट बुकिङ खुलाउछौ।’
भदौ १९ गते विभागसँग रुट परमिटको विषयमा छलफल गर्ने र टिकट बुकिङलार्इ समेत टुंगो लगाइने नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०