भनपाको सिफारिसमा छात्रवृत्ति वितरण गर्ने

भक्तपुर न्यूज

२७ असार २०७६ ५:५४

भनपाको सिफारिसमा छात्रवृत्ति वितरण गर्ने

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरभित्र सञ्चालित कक्षा ११÷१२ सञ्चालित माध्यमिक विद्यालयहरूका प्रधानाध्यापकहरूको बैठक सम्पन्न भयो ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले भक्तपुरको सामुदायिक र निजी विद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्न लागि परेको बताउँँदै नगरपालिकाले आयोजनामा गर्ने प्रतियोगिताहरू विद्यार्थी केन्द्रित ढंगले अगाडि बढाइरहेका छन् ।

बैठकले कक्षा ११÷१२ मा नगरभित्रका विद्यालयले कूल विद्यार्थीको कम्तीमा ३ प्रतिशत नगरपालिकाको सिफारिसमा छात्रवृत्ति वितरण गर्ने छ । गत वर्षको छात्रवृत्ति वितरण कार्यलाई निरन्तरता दिंदै छात्रवृत्तिमा भर्ना शुल्क र मासिक शुल्क छुट दिने र कक्षा १२ मा छात्रवृत्तिलाई निरन्तरता दिन कम्तीमा प्रत्येक विषयमा डी प्लस ग्रेड ल्यानुपर्ने साथै आन्तरिक परीक्षा बोर्ड परीक्षालाई आधार मानेर मूल्याङ्कन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः २०७६ असार २७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *