ट्रकको ठक्करबाट एकको मृत्यु, चालक फरार
चितवन । चितवनमा बुधवार राति ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । यस्तै अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहापुर नगरपालिका–८ का ३५ वर्षीय दुख माझी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ गईरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्ने क्रममा माझीलाई ठक्कर दिँदा उपचारका क्रममा उनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
मृतक माझीसँगै हिँडिरहेका चन्द्रनिगाहापुर–८ कै ४५ वर्षीय गोविन्द माझी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असार २६ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
