उपाध्यक्ष हमालको शव २२ दिनपछि भेटियो
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाहीको शव भेटिएको छ । सर्केगार्ड गाउँपालिकाको वडा नम्बर चारको नागर स्थित कर्णाली नदीको किनारमा शव भेटिएको हो ।
कर्णाली नदीको किनारमा महिलाको शव भेटिएको खबर आएपछि बुधबार सिमकोट विमान स्थलबाट हेलिकोप्टरमा घटनास्थल गएका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार उपाध्यक्ष हमालका श्रीमान धिरेन्द्रबहादुर शाहीले औँलामा लगाएको औँठीका आधारमा पहिचान गरेका हुन् ।
आफन्तले उपाध्यक्ष शाहीको शवलाई गाडेका छन् । हिन्दु परम्परा अनुसार घर परिवारले कुशको शव बनाएर अन्तिम संस्कार असार ६ गते नै गरिसकेका थिए ।
प्रकाशित मितिः २०७६ असार २६ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
