नेपालको तितेकरेला कतारमा लोकप्रिय
काठमाडौँ । नेपालको तितेकरेला कतारमा लोकप्रिय बन्न पुगेको छ ।
उदयपुर बेलका नगरपालिका—२ कोसी टप्पुमा उत्पादन भएको तरकारी अन्य देशहरुमा पनि निर्यात हुन थालेको छ । कोसी टप्पुमा कतार निर्यातका लागि करेला संकलन गर्दैछन् । करिव ६ महिनायता तितेकरेला कतारमा निर्यात हुन थालेको हो ।
सोही ठाउमा रहेको ब्लाक डायमन्ड अर्गानिक कृषि फार्मबाट तितेकरेला खाडीमुलुक निर्यात हुँदै आएको छ । उक्त कम्पनीले कोसी टप्पु क्षेत्रमा उत्पादन गरेको तितेकरेला कतार निर्यात गरिरहेको छ । कम्पनीले यसअघि पनि किसानसँग खरिद गरेर हरियो तरकारी विदेश निर्यात गर्दै आएको थियो ।
नगरपालिकाले उत्पादन आधार वर्ष मनाउँदै किसानको क्षमता अभिवृद्धि गर्न तालिम दिने, अर्गानिक उत्पादनमा बढाउने र बजारीकरण गर्न समन्वय गरिरहेको छ ।
प्रकाशित मितिः २०७६ असार २३ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००