पूर्व र मध्य क्षेत्रमा बढी पानी पर्ने
काठमाडौं । मनसुनी न्युन चापीय रेखा नेपालतिर सरेकाले मनसुन सक्रिय भएको छ । देशका अधिकांश क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । विशेषगरी पूर्व र मध्य क्षेत्रमा बढी पानी पर्ने देखिएको छ । पश्चिमका क्षेत्रमा भने केही कम पानी पर्नेछ । देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ ।
प्रकाशित मितिः २०७६ असार २३ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
