२ युवालाई छुरा प्रहार गरी फरार ४ पक्राउ

भक्तपुर न्यूज

२३ असार २०७६ ४:३२

२ युवालाई छुरा प्रहार गरी फरार ४  पक्राउ

काठमाडौं । चावहिलमा २ युवालाई छुरा प्रहार गरी फरार रहेका ४ युवा पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा उदयपुर गाइघाट घर भइ काठमाडौं कपन वस्ने २४ वर्षीय असिम लामा, सोही ठाउँकै वस्ने २४ वर्षीय सरोज श्रेष्ठ, भारत दार्जलिङ्ग घर भई धुम्वराइ अपार्टमेन्टमा वस्ने २१ वर्षीय सरोज राई र कास्की रामनगर घर भई नार्गाजुन ग्रिन भिलेजमा वस्ने २१ वर्षीय निश्चल आले मगर रहेका छन ।

असार १६ गते बेलुका गौशालाबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट ओखलढुङ्गा घर भइ भक्तपुर जगाती वस्ने २८ वर्षीय ज्याक भन्ने विजय बानियाँ र काठमाडौं महानगरपालिका—९ रातोपुल वस्ने २१ वर्षिय सुदिप घिमिरेलाई घाइते अवस्थामा फेला पारेको थियो ।
उनीहरुलाई तत्काल हेल्पिङ्ग हेण्ड्स अस्पतालमा उपचारको लागी लगिएको थियो तर सो अस्पतालमा उपचार हुन नसक्ने भनिएपछि शिक्षण अस्पताल महाराजगंज लगिएको बताइएको छ ।

वाँनियाको पेटमा गहिरो रुपमा काटिएकोले भेण्टिलेटरमा राखी उपचार भइरहेको र घिमिरेको छातिमा गहिरो चोट लागेकोले आइसियुमा राखी उपचार भइरहेको प्रहरी नायव उपरिक्षक होविन्द्र वोगटीले बताएका छन । घटनामा संलग्नहरुलाई २० गते वेलुका पक्राउ गरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मितिः २०७६ असार २३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *