काठमाडौंमा साथीहरु मास्क नलगाई हिँड्छन् : प्रधानमन्त्री

भक्तपुर न्यूज

१९ असार २०७६ ९:००

काठमाडौंमा साथीहरु मास्क नलगाई हिँड्छन् : प्रधानमन्त्री

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षदेखि काठमाडौंमा मानिसहरु माक्स नलगाई हिँड्न थालेको बताएका छन् । गत साल माक्स लगाएर हिँडे पनि यस वर्षदेखि नलगाई हिँड्न थालेको प्रधानमन्त्रीको दाबी छ ।

मंगलबार प्रतिनिधिसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने–‘माक्स खोलेर हिँड्ने कुरो साथीहरुले गर्नुभो । पोहोर साल माक्स लाएर हिँड्नुहुन्थ्यो, अहिले त आफैं नलाई हिँड्नुभएको छ । अरु केही प्रमाणै चाहिँदैन ।’

सरकारले काठमाडौंलाई धूलोमुक्त बनाउने र उपत्यका बाहिरबाट आउने सवारी साधनहरुलाई सफा गरेरमात्रै भित्र छिर्न दिने सरकारको नीति रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले काठमाडौं शहरको सफाइ योजनाबारे जानकारी दिँदै भने, ‘हामीले अब सफा कसरी–कसरी गर्छौं पनि भनेका छौं । बाहिरबाट धुलोसहित आउने गाडीहरुलाई अटोमेटिक सफाइ केन्द्रहरु बनाएर, त्यसबाट सफा बनाएर मात्रै भित्र ल्याउने जस्ता प्रवन्धहरुसमेतका विधिहरु अपनाएर सफा गर्छौं भनेका छौं । यी काल्पनिक कुराहरु होइनन् ।’

सरकारले काठमाडौंलाई सफा शहरका रुपमा विकास गर्न चाहहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिले नै सफा गरिसक्यौं भन्न नखोजेको स्पष्ट पारे । प्रधानमन्त्रीले संसदमा भने, ‘हाम्रो प्रयास त्यसमा केन्द्रित छ । अहिले हामीले विल्कुल सफा गरिसक्यौं, शहर एकदम धुलोरहित भैसक्यो भन्ने होइन, अहिले केही निर्माण कार्यको पनि छ, केही पुराना अब्लिकेसन्सहरु पनि छन् ।’

प्रकाशित मितिः २०७६ असार १९ बिहिवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *